एमसीसीले सम्झाइदियो, महाकाली सन्धि !

१९ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)को पक्षमा को विपक्षमा को भनेर विभाजित भएका छन् ।

बैठकमा सहभागी एक नेताले राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव १५ वटा समूह बनाएर छलफल भएको तर त्यसमा सबै समूहबाट एमसीसी बारेमा पक्ष-विपक्षमा मत राखेको बताए ।

समूहगत छलफलमा सबैले एमसीसीबारे बोल्न नछुटाएको भन्दै ती नेताले भने, ‘पक्षमा को, विपक्षमा को रहेछ भनेर छुट्याउने सूचक जस्तै पो बन्यो एमसीसी ।’

ती केन्द्रीय सदस्यले बैठकमा सबै समूहको निष्कर्ष परिर्माजन नगरी एमसीसी पारित गर्न नहुने भन्ने रहेको बताए । साथै, प्रधानमन्त्रीको चाहना र समूहगत छलफलको निष्कर्षमै फरक परेकाले एमसीसीलाई बहुमत र अल्पमतमा गई निर्णय गर्न नहुनेतर्फ बैठक अघि बढेको उनले बताए ।

स्रोतका अनुसार पूर्वएमालेका कतिपय नेताहरुले महाकाली सन्धि गर्दाको परिणाम स्मरण गराउँदै पुनः त्यस्तो किसिमको गल्ती नदो-याउन आग्रह नै गरेका छन् ।

बैठकमा अधिकांश नेताहरूले विज्ञहरुसहितको एउटा टिम बनाएर छलफल तथा परामर्श गर्नुपर्ने भन्दै एमसीसीबारे हतारमा कुनै निर्णय लिन नहुनेमा जोड दिएका छन् ।

नेकपा केन्द्रीय कमिटी बैठक आज आइतबार १ बजेदेखि बस्दैछ । त्यसअघि सचिवालय बैठक बस्ने भन्दै ती नेताले एमसीसी तत्काल अनुमोदन भने नहुने संकेत दिए ।

  •  
  •  
  •  
  •  
  •