चीनमा दश दिनमै १ हजार शैय्याको अस्पताल निर्माण

२० माघ ०७६, काठमाडौं । चीनले १० दिनमै एक हजार शैय्याको अस्पताल तयार गरेको छ ।

कारोना भाइरसको संक्रमणबाट जोगाउन चीनले दश दिनमै तयार गरेको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

 

चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार संक्रमितको उपचारमा अनुभवी १४ सय सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा पुगिसकेका छन् ।

चीनले संक्रमितका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण गरिरहेको छ भने उक्त अस्पताल पनि बुधबारसम्म निर्माण सम्पन्न हुनेछ ।
डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि सिन्ह्वाले वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण गरेको जनाएको छ ।

चीनमा मात्रै कोरोना भाइरसबाट ३ सय ५० भन्दा बढीको जनाको ज्यान गएको बताइएको छ भने करिब १७ हजार मानिस संक्रमित रहेको जनाइएको छ ।

शनिबार मात्रै कोराना भाइरस संक्रमित ४४ वर्षीय चिनियाँको फिलिपिन्सको राजधानी मनिलामा उपचारका क्रममा मृत्यु भएको थियो ।
कोरोना भाइरसको प्रकोप फैलिएसँगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

  •  
  •  
  •  
  •  
  •