२० माघ ०७६, काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणलाई लिएर अमेरिकाले आतंक सिर्जना गरेको बताएको छ ।
अमेरिकाले दुईहप्ता यता चीन भ्रमण गरेका कुनै पनि विदेशीलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चीनले यस्तो प्रतिक्रिया जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयिङले सोमबार पत्रकार सम्मेलन गर्दै अमेरिकाले सहयोग गर्नुको साटो उल्टै आतंक बढाउने काम गरेको बताएकी थिइन् ।
अमेरिकाले गत शुक्रबार मात्रै स्वास्थ्य संकटकाल घोषणा गर्दै दुई हप्तायता चीन भ्रमण गरेका विदेशीलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
अमेरिकाले स्वास्थ्य संकटकाल घोषणा गरेपछि अष्ट्रेलियाले पनि चीन भ्रमण गर्नेलाई प्रतिबन्ध लगाएको छ ।
जनवरी ३० तारिखमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।
चीनमा हालसम्म कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु र करिब १७ हजार संक्रमित रहेको जनाइएको छ ।