समृद्धका लागि शिक्षा नै समृद्धको पहिलो आधार – मन्त्री पुन

२० माघ ०७६, रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मानव समाज विकास एवं समृद्धका लागि शिक्षा नै समृद्धको पहिलो आधार भएको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको सोमबार उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

शिक्षालाई प्राथमिकता दिई अगाडि बढाउने सरकारको नीति रहेको भन्दै मन्त्री पुनले नेपाल र नेपालीका लागि गरिबी, अशिक्षा, बेरोजगार, पछौटेपन साझा दुश्मन भएको बताए । साथै, यसका विरुद्ध लड्न सम्पूर्ण नेपालीले साझा संकल्प गर्नुपर्ने बताए ।

‘यस जिल्लामा कृषि कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादन प्राविधिक र कृषि क्षेत्रको विकासमा थप सहयोग पु¥याउने कुरामा विश्वस्त छु’ मन्त्री पुनले भने, ‘कलेज सञ्चालनले जिल्लाका विद्यार्थीहरु प्राविधिक शिक्षा अध्यायनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’

यसैगरी कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुन, केन्द्रीय कृषि क्याम्पसका कृषि तथा बाली संकायका संकायको डिन प्रा. जय प्रकाश दत्त लगायतले कलेजलाई नमूना क्याम्पस बनाउन सबै मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •