अजिता हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ

२१ माघ ०७६, काठमाडौं । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा ११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ का २४ वर्षीय आशिष बल, हेटौंडा(१४ का २१ वर्षीय बुद्ध लामा , हेटौंडा ९ का १८ वर्षीय सिमोन परियार र हेटौंडा ४ का २५ वर्षीय शुसिल थापा मगर छन् ।

अजिताले बोक्ने मोबाइल हत्यामा संलग्न परियारले बुद्ध लामालाई र बुद्ध लामाले साथी आशिषलाइ र आशिषले आफ्नी श्रीमती एलिसालाई दिएपछि मोबाइल अन भएको थियो । मोबाइल अन भएपछि प्रहरीलाई अनुससन्धानमा सहयोग भएको थियो ।

हेटौंडा ११ थानाभ्याङमा सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रक मृतक अजितासँग हत्यामा संग्लन ४ जनाले यौन सम्पर्क गर्ने सहमति भएको तर अजिताले पैसा नलिइ नछोड्ने भनेपछि विवाद हुँदा बिजुलीको तारले घाँटी कसेर हत्या गरी हेटौंडा ६ क्याम्पाडाँडामा सडक किनारमा फालेको अनुसन्धानमाखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संग्लन हुनेलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कसुर गरेको हुँदा जन्मकैद समेत हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

  •  
  •  
  •  
  •  
  •