भन्सार कार्यालय जनकपुरका नासु १ लाख ५० हजार घुससहित पक्राउ

२१ माघ ०७६, काठमाडौं । जनकपुर भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा एक लाख पचास हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले नासु अहमद रजा अन्सारीलाई उक्त रकमसहित सोमबार पक्राउ गरेको हो ।

नासु अन्सारीले नेपाल भारत सिमा बजारबाट घरायसी सामान ल्याउन सहज गराउने बहानामा सेवाग्राहीसँग घुस लिएको सूचनाको आधारमा आयोगको टोलीले उनलाई जनकपुर उपमहानगरपालिका ८ पिडारी चोक धनुषाबाट उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोेइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •