नापी कार्यालय बाँकेका सर्भेक्षक ३५ हजार घुससहित पक्राउ

२२ माघ ०७६, काठमाडौं । नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक र लेखापढी व्यावसायी पैतीय हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले सर्भेक्षक यामबहादुर खत्री र लेखापढी व्यावसायी प्रताप के.सी.लाई उक्त रकमसहित पक्राउ गरेको हो ।

हालसाविक भिडाउने काम गरेदिएबापत् सेवाग्राहीसँग लिएको उक्त रकमसहित नापी कार्यालय बाँकेबाट उनीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार काइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •