वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन 

२२ माघ ०७६, काठमाडौं । नेपाल टेलिभिजनको भूतपूर्व महाप्रवन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।

स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका ७२ वर्षीय शर्माको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उनी  थिए ।

मुटुसम्बन्धी समस्याबाट पीडित  शर्मा गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका थिए । उनलाई मंगलबार राति नै मनमोहनमा सारिएको थियो ।

२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि नै शर्माले टेलिभिजनमा काम गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •