प्रमुख साहमाथि भएको दुव्र्यवहार तथा हातपातको बिरोधमा स्थानिय तह बन्द

२३ माघ ०७६, राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहलाई केही व्यक्तिहरुले सार्वजनिक स्थलमा दुव्र्यवहार गरि हातपात गरेको घटनाको बिरोध गर्दै बिहीबार जिल्लाको १८ वटै स्थानिय तह अनिश्तिकालका लागि बन्द गरिएको छ ।

जिल्लाका १८ वटै स्थानिय तह बन्द गरेर अपराधीहरुमाथि कडा कारवाही तथा सुरक्षा र शान्तिपूर्ण वातावरण नमिलाएसम्म बन्द रहने प्रहरी प्रशासन समक्ष माग गरेको छ ।

घटनामा सम्लग्न रहेका माथि कडा भन्दा कडा दण्ड र सजायका प्रक्रिया अगाडि नबढाए स्थानिय तह अनिश्तिकालका सम्म बन्द रहने भएको छ । स्थानिय तह बन्दका कारण सेवाग्राही मार्कामा परेका छन ।

डाक्नेश्वरीका प्रमुख साहमाथि मंगलबार अमरेन्द्र यादव (लालु), अर्जनु यादव, राजिव कुमार राय, गजेन्द्र प्रसाद साह, महेश्वर प्रसाद यादव, ज्योतिष कुमार राय लगायतका व्यक्तिहरुले दुव्र्यवहार तथा हातपात गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •