संसदीय दलका उपनेता गच्छदार सांसद पदबाट निलम्बन

२४ माघ ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदार सांसद पदबाट निलम्बनमा परेको छन् ।

शुक्रबार संसद सचिवालयले विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •