आफ्नै निवासमा गम्भीर घाइते अवस्थामा भेटिएकी मुना, उपचारको क्रममा मृत्यु

२७ माघ ०७६, काठमाडौं । आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । कार्कीलाई उपचारका लागि अस्पताल लगिएपनि चिकिल्सकले उनको मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।

सोमबार नै कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका घटना शंकास्पद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •