प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

२८ माघ ०७६, काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक(आईजीपी)मा नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । यसैबीच निवर्तमान आईजीपी सर्वेन्द्र खनालले आजैबाट अवकास पाउने छन् ।

  •  
  •  
  •  
  •  
  •