बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२७ माघ ०७६, काठमाडौं । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा बसले लु.१६प ४४४१ मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको उपचारकालागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लु.१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •