बस र ट्रक एक आपसमा ठोक्दिाँ १९ जना घाइते

२५ माघ ०७६, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बस र ट्रक एक आपसमा ठोक्दिाँ १९ यात्रु घाइते भएका छन् ।

शनिबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठोक्किदाँ बस चालकसहित १९ यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेकोसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ भने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

  •  
  •  
  •  
  •  
  •