स्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२६ माघ ०७६, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका –१६ स्थित रजतजयन्ती चोकबाट उक्त रकमसहित ५० वर्षीय सुरेश महत्तोलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने महत्तोलाईउक्त रकमसहित पक्रन गर्न सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •