नवनियुक्त आइजीपी ज्ञवालीद्वारा पदभार ग्रहण

२९ माघ ०७६, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै ज्ञवालीले कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि मंगलबारको मन्त्रिपरिषद्को  बैठकले बुधबारदेखि लागू हुने गरी ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।

आईजीपी ज्ञवालीले २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन् ।

  •  
  •  
  •  
  •  
  •