यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष चुनिए रामचन्द्र कार्की

अध्यक्ष, रामचन्द्र कार्की, अखिल नेपाल यातायात मजदुर संघ

४ फागुन ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय समिति पुनर्गठन भएको छ । कमिटी पुनर्गठन भएसँगै रामचन्द्र कार्की संघको नयाँ नेतृत्व चुनिएका छन् ।

आइतबार अन्टुफ कार्यालय पेरिसडाँडामा संघको केन्द्रीय अध्यक्ष एवम् अन्टुफ केन्द्रीय सचिव सोम तामाङको अध्यक्षता साथै प्रदेश नं. ३ का सांसद समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यतामा बसेको संघको बैठकले अखिल नेपाल यातायात मजदुर संघ पुनर्गगठन गरी रामचन्द्र कार्कीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

कार्कीको अध्यक्षतामा गठित ४२ सदस्यीय कमिटीको उपाध्यक्ष दिपक केसी, सुन्दर कुमार केसी, लालबहादुर थापा, महासचिव शरद सुवेदी, उपमहासचिव कुमारी माेक्ताान साह, राज कुमार विसी रहेका छन् । यस्तै सचिवहरू गणपैत यादव, लिला प्रधान, डम्बर सिं ठकुरी, विवेक भुजेल रहेका छन् ।

यसैगरी सचिवालय सदस्यहरू पदमराज भण्डारी, विष्णु गुरूङ, दिलिप सोनी, सूर्य तामाङ, रंगनाथ तिमल्सिना, जेवी कार्की, पूर्ण कार्की, देव राई, कुमार नेपाली, ललित मल्ल, नर बहादुर राना रहेका छन् भने केन्द्रीय सदस्यहरू रमेश कोइराला, सनथ उप्रेति, हरि निरौला, लिलबहादुर बुढा, दिपक ऐर, कमल पोखरेल, दिल बहादुर मिर्चिङ्ग, दुर्गा श्रेष्ठ, भिम थोकर, सूर्यभक्त पौडेल, भागवत दाहाल, श्रीकृष्ण खत्री, काशी कार्की, राजु श्रेष्ठ, तेजेन्द्र बुढा, घनश्याम डाँगी, नविना खड्का, वाङदेल लामा, रमेश गुरुङ रहेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा महासंघका उपाध्यक्षद्वय उषा देवकोटा, सोम बहादुर थापा, सचिव नरहरि नाथ योगीको आतिथ्यता रहेको थियो ।

सो बैठकमा महासंघका अध्यक्ष जगत सिम्खडाले महासंघ सचिवालय बैठकको निर्णयसहित अन्टुफ–जिफन्ट एकताका सन्दर्भमा भएका प्रगति बारे प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । अध्यक्ष सिम्खडाले यातायातको क्षेत्रमा रहेका विकराल समस्याहरू हल गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनका सन्दर्भमा समेत नवगठित कमिटीले संघर्षका कार्यक्रम बनाएर अघिबढ्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै महासंघका उपाध्यक्ष सोम बहादुर थापाले नवगठित कमिटी र नेतृत्वलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै परिवर्तित सन्दर्भमा थुप्रै चुनौति रहेकाले चुनौतिलाई अवसरमा बदल्न सक्नु पर्नेका जोड दिए ।

यस्तै महासंघका सचिव सोम तामाङले नेतृत्व हस्तान्तरण सँगसँगै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सबैखाले अप्ठ्यारा परिस्थितिहरूमा आफ्नो साथ र सहयोग रहने बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •