उपसभामुखबाट राजीनामा दिएको महिना दिनमै कानुन मन्त्रालय सम्हाल्दै शिवमाया

५ फागुन ०७६, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई सोमबार कानून मन्त्री नियुक्त गरेकी हुन् ।

आजै कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ लिएकी उनले पदभार ग्रहण समेत गरिसकेकी छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा कानूनमन्त्री तुम्बाहाङफेले ऐनहरु बने पनि नियमावली निर्माणका क्रममा रहेकाले त्यही नै आफ्नो प्राथमिकतामा रहेको बताइन् ।

उपसभामुखबाट माघ ६ गते राजीनामा दिएकी तुम्बाहाङफेले महिना दिनमै कानुन मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

  •  
  •  
  •  
  •  
  •