५ फागुन ०७६, सप्तरी । तिलाठी कोईलाडी गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी स्वर्णधारी खेलाडी, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजित यादवलाई ५१ हजार नगदसहित सम्मान गरिएको हो ।
यस्तै २०७५ सालको एस.ई.ई. परीक्षामा गाउँपालिकास्तरमा सर्वाधिक अंक ल्याई उत्तीर्ण हुने १० जना छात्र छात्राहरुलाई ल्यापटप र साइकल उपहारसहित सम्मान गरिएको छ ।
यसरी सम्मान पाउने छात्र छात्राहरुमा गाउँपालिकाका राम कुमार ईसर, मुनी कुमारी झा, अरुणा राय, सुरुची सिंह, भास्कर झा, कुशुम कुमारी मिश्रा, मानती कुमारी यादव, रामबाबु मण्डल, अनुराधा कुमारी पैकडा र प्रकाश मण्डल रहेका छन् ।
यसैगरी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा रही शिक्षा क्षेत्रका योगदान पु¥याएका हालै सेवा निवृत्त ३ जना प्रधानाध्यपाकहरुलाई पनि सम्मान गरिएको छ ।
उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, निमिति प्रमुख प्रशासकिय अधिकृत राजु झा लगायतले नगद, उपहार तथा कदर पत्रबाट सम्मान गरेका थिए ।