मुस्लिम समुदायको धार्मिक सभा इज्तेमा सम्पन्न

५ फागुन ०७६, सप्तरी । जिल्लाको बोदेबर्साइन ५ जाँजरमा आयोजित मुस्लिम समुदायको तीन दिने धार्मिक सभा इज्तेमा सम्पन्न भएको छ ।

नेपाल तथा भारतका करिब २ लाख ५० हजार भन्दा बढी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात सोमबार सभा सम्पन्न भएको हो ।

मुख्य प्रवचनकर्ता भारतको दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।

सादले तीन दिनसम्म चलेको धार्मिक सम्मेलन भव्य र सभ्य बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।

यद्यपि, उक्त कार्यक्रममा आयोजकले २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले कार्यक्रम स्थल वरिपरि दुर्गन्धित देखिएको स्थानीयले बताएका छन् ।

खुला दिशापिसाबका कारण कार्यक्रम स्थल वरपरको क्षेत्र दुर्गन्धित बनेको स्थानीय पत्रकार राजु विश्वकर्माले बताए ।
यस्तै अर्का स्थानीय मो. सलिमले कार्यक्रम स्थल आसपास दुर्गन्धले बस्न कठिन रहेको बताए ।

स्थानीयबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त पहलमा फोहोरमैला व्यवस्थापन गरिने बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •