सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

८ फागुन ०७६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीका एजेन्टसँग कमिसनका बारेमा गरेको अडियो संवाद सार्वजनिक भएपछि राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका लागि गरेको कुराकानी (अडियो संवाद) बुधबार सार्वजनिक भएपछि मन्त्री बास्कोटाले बिहीबार राजीनामा दिएका हुन् ।

मन्त्री बास्कोटाले बिहीबार ट्वीट गर्दै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु’ उनले ट्वीट गरेका छन् ।

बुधबार मन्त्री बास्कोटा र स्वीस कम्पनीका एजेन्ट बिजय मिश्र बिच ७० करोड कमिसनका बारेमा गरिएको अडियो संवाद सार्वजनिक भएको थियो ।

नेपाली कांग्रेसले बिहीबार संसद अवरुद्ध गर्दै सञ्चारमन्त्री बास्कोटाले राजीनामा नदिएसम्म गर्ने संसद चल्न नदिने चेतावनी दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •