अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने छैनौं – अध्यक्ष प्रचण्ड

१० फागुन ०७६, नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पार्टीले छुट नदिने बताएका छन् ।

प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले गल्ती गर्ने कसैलाई पार्टीले संरक्षण नगर्ने बताएका हुन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो टेप प्रकरणका विषयमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । म अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं ।’

आउने दशकलाई विकासको दशक, युवाहरुलाई रोजगारीको दशक बनाइने पनि बताए ।

  •  
  •  
  •  
  •  
  •