१३ माघ ०७६, काठमाडौं । नेपाली सेनाको जंगी अड्डामा निर्माण गरिएको भवनको भुक्तानी माग गर्दै भद्रकाली अगाडि प्रदर्शन गरिएको छ ।
सैनिक मुख्यालयका विभिन्न संरचना निर्माण गर्दा सङ्लग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरहरूले लामो समयसम्म पनि भुक्तानी नपाएपछि उनीहरूले आज बिहान विरोध प्रदर्शन गरेका हुन् ।
भवन निर्माण भएको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि आफूहरू बाध्य भएर धर्नामा बस्नु परेको प्रदर्शनकारीहरू मत छ ।
‘मजदुर मार्न पाइँदैन’ भन्दै धर्नामा बसेकाहरूले भुक्तानीको ग्यारेन्टी गर लगायतका प्लेकार्ड बोकेर आफ्नो माग पूरा गराउन दबाब दिइरहेका छन् ।
पुनर्निमाण प्राधिकरणमार्फत सरकारले भवन निर्माण गर्न नेपाली सेनालाई तीन अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।
२४ जेठ २०७३ बाट निर्माण सुरु भएको भवन दुई वर्ष १० महिनामै तयार भइसकेको थियो ।