पकरी उच्च माध्यामिक विद्यालयको कम्प्युटर प्रयोग बिहीन

देवराम यादव

१६ फागुन ०७६, सप्तरी । महादेवा गाउँपालिका १ स्थित रहेको नर बहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा रहेको कम्प्युटर प्रयोग बिहीन अवस्थामा रहेको छ ।

सो विद्यालयका प्रधानाध्यापक प्रदिप कुमार चौधरी र विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुको अदूरदर्शिताको कारण विद्यालयमा विभिन्न संघ संस्थाले अनुदान सहयोगमा प्रदान गरेको २८ वटा कम्प्युटर, २ थान फोटोकोपी मेशिन, १ थान प्रोजेक्टर, र ल्यापटप लगायतका साधन दक्ष प्रशिक्षकको अभावमा प्रयोग बिहीन अवस्थामा पुगेको हो ।

सो विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी मनिष कुमार यादवले ती सामग्री एउटा कोठामा थन्काएर राखिएको बताए ।

स्थानीय अभिभावक सन्तोष कुमार यादवले कम्प्युटर लगायत अतिरिक्त ज्ञानबाट बिद्यार्थीहरू बञ्चित हुनुपरेको गुनासो व्यक्त गरे भने प्रधानाध्यापक चौधरीले कम्प्युटर प्रयोग बिहीन अवस्थामा रहेको स्वीकार गर्दै विद्यालयको पठन पाठनमा उचित ध्यान पु¥याउन नसकेको स्थानीय अभिभावकहरुले आरोप लगाएको बताए ।

उपभोक्ता समिति मनपरी ढङ्गले गठन
यस्तै सप्तरीको अधिकांश गाउँपालिका र नगरपालिकाहरुले विकास निर्माण कार्यका लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको पाइएको छ ।

कतिपय पालिकाहरुले उपभोक्ता समितिको सूचना स्थानीय सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण नगरी गोप्यरुपमै आफ्नो आफन्त नातागोता पार्टीका कार्यकर्तालाई राखेर बनाउने गरिएको पाइएको हो ।

सप्तरीको महादेवा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षहरुले स्थानीय सञ्चार माध्यममा कुनै किसिमको सूचना प्रकाशन तथा प्रसारण नगरी गोप्य ढङ्गबाट उपभोक्ता समिति निर्माण गरिरहेको स्थानीय बताएका छन् ।

स्थानीय उपभोक्ता रामनारायण सरदारका अनुसार वडाध्यक्षहरुले आफना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेका छन् भने उपभोक्ता समितिहरुले निर्माण कार्य सुरु गर्दा होर्डिङ्ग बोर्ड समेत राखिएको छैन् ।

उनले उपभोक्ता समिति गठन प्रक्रिया त्रूटिपूर्ण रहेको भन्दै सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •