प्रहरी महानिरीक्षकसहित ४ प्रहरी अधिकारीलाई सर्वाेच्चले बाेलायाे

१७ फागुन ०७६, काठमाडौं । नेपाल प्रहरीले अदालतबाट निर्दोष ठहरिएर छुटेका व्यक्तिहरुलाई अदालत गेटबाट पुुन: पक्राउ गरी झुटो मुद्दा लगाउनेे क्रम दाेहाेेेरिएपछि सर्वोच्चले प्रहरी महानिरीक्षक समेत ४ प्रहरी प्रमुखलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।

शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त ईजलासले अदालतको आदेशमा रिहा भएका व्यक्तिलाई अदालतको गेटबाट पुनः पक्राउ गरेर अदालतको अपहेलना गरेको भन्दै सम्बद्ध प्रहरी अधिकारीहरुलाई कार्वाही र सजाय गर्नु नपर्नाको कारणसहित लिखित जवाफ लिएर सात दिनभित्र आफैँँ उपस्थित हुन आदेश दिएको हो ।

“महानगरीय प्रहरी बृत साेह्रखुट्टेका प्रमुख, महानगरीय प्रहरी परिसर टेकुुुका प्रमुुख, महानगरीय प्रहरी बृत र प्रहरी महानिरीक्षक समेत ४ जना प्रहरी अधिकारीहरूका नाउँँमा लिखित जवाफ लिई आफैँँ उपस्थित हुन आउन भनी म्याद जारी गरी रितपूूूूूर्वक तामेल गराउनु” सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले शुक्रबार आईजिपी ठाकुरप्रसाद ज्ञवालीसहित काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी, सिंहदरवार वृत्तका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरलाई ७ दिनभित्र लिखित जवाफ लिएर आफै उपस्थित हुनुपर्ने आदेश गरेको हाे ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आस्था राखेकै आधारमा साे पार्टीका नेता र कार्यकर्ताहरू मुद्दामा निर्दोष सावित हुँदा समेत प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै थुनेर अर्को मुद्धा लगाउँदै यातना दिने गरेको छ ।

निर्दोष सावित भएकाहरूलाई पटकपटक अदालतको गेटबाटै थुनेर प्रहरीले अदालतको अपमान गरेपछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

विप्लव नेकपा निकट मजदुर संगठनका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णु प्रसाद अधिकारीको हकमा प्रहरीले पटकपटक अदालत गेटबाटै पक्राउ गर्दै आएको थियो ।

शुक्रबार भएकाे वहसमा निवेदक भीमप्रसाद शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता नन्द प्रसाद अधिकारी, सन्तोष काेइराला, कपिलचन्द्र पाेखरेल र विपक्षी नेपाल सरकारको तर्फबाट उपन्यायाधिवक्ता राधिका सुवालले वहस गरेका थिए ।

सर्वोच्चकाे आदेश :

 

  •  
  •  
  •  
  •  
  •