भारतीय प्रधानमन्त्रीद्वारा नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना

 

१९ फागुन ०७६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार बिहान ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले मिर्गौला प्रत्यारोपण गर्न आज अस्पताल भर्ना हुँदै गरेका प्रधानमन्त्रीको ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रतीक्षारत् रहेको भन्दै प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा भगवान पशुपतिनाथले प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य, खुशी र दीर्घायू प्रदान गरुन भन्ने कामना गरेका छन् ।

बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको पुनः मिर्गौलामा समस्या देखिएपछि बुधबार दोस्रो पटक प्रत्यारोपण हुने भएको छ ।

  •  
  •  
  •  
  •  
  •