महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूत सिफारिस

१९ फागुन ०७६, काठमाडौं । सरकारले महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूत सिफारिस गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने र उनको स्थानमा पाण्डेलाई पठाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले भने, “आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।”

आइतबारको मन्त्रीपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले २०७३ कार्तिकमा पूर्व मुख्य सचिव पाैडेललाई मन्त्रीस्तरको कूटनीतिक दर्जासहित चीनका लागि राजदुत नियुक्त गरेकोे थियोे ।

  •  
  •  
  •  
  •  
  •