अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

२० फागुन ०७६, काठमाडौं । राष्ट्रियसभा सदस्यको कार्यकाल आज राती १२ बजेदेखि सकिने भएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभा सदस्य पद आजै मध्यरातबाट सकिने भएपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किने क्रममा राजीनामा बारे उनले केही नबताए पनि स्रोतकाअनुसार उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उच्चस्रोतका अनुसार खतिवडाको पुनः नियुक्त हुनेछ ।

संविधानतः धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री नियुक्त हुन सक्ने व्यवस्था गरिएको छ । यसरी नियुक्त हुने मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु उल्लेख छ ।

राष्ट्रिय सभाबाट १८ सांसदको बिदाई
यसैगरी दुईवर्षे कार्यकाल सकिएपछि राष्ट्रिय सभाबाट १८ सांसद मंगलबार बिदाई भएका छन् । उनीहरुलाई संसदमा बोल्न ५ मिनेट समय दिइएको थियो ।

मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट ८, नेपाली कांग्रेसबाट ६, राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •