२० फागुन ०७६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण र जोखिम बढ्दै गएको भन्दै बिद्यालयहरूलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
मंगलबार मन्त्रालयले एक सूचना जारी गरी बिद्यालयहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्नु पर्ने विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न समेत अनुरोध गरेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गरेको हो ।
विद्यार्थीहरू हुन थालेपछि धनकुटाको बालकल्याण विद्यालय ७ दिन बन्द
बिद्यार्थीरू बिरामी हुन थालेपछि धनकुटाको चौबिसे गाउँपालिका २ केराबारीको बालकल्याण आधारभूत विद्यालय एक हप्ताका लािग बन्द गरिएको छ ।
सोमबार एकैपटक १२ जना बिरामी भएपछि बिद्यालय नै बन्द गर्नु परेको बिद्यालयका प्रधानाध्यापक महेश सिंहले बताएका छन् । प्रअ सिंहले विद्यार्थीहरूमा झोक्रने, खोकी लाग्ने, हिँड्न नसक्ने, नबोल्ने खालको लक्षण देखिएको बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको सहमतिमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक सिंहले बताए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाका अनुसार बिद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी मंगलबारदेखि बिद्यालय बन्द गरिएको हो ।