औधोगिक मजदुरको काभ्रे जिल्ला अध्यक्ष चुनिए मधु दाहाल

२४ फागुन ०७६, काभ्रे । अखिल नेपाल औधोगिक मजदुर संघ काभ्रेपलाञ्चोक जिल्ला कमिटी मधु दाहालको अध्यक्षतमा गठन भएको छ ।
 
अखिल नेपाल ट्रेड युनियन महासंघका बागमती प्रदेश अध्यक्ष पिताम्बर गिरीको प्रमुख आतिथ्यतामा शनिबार काभ्रेमा भएको अखिल नेपाल औधोगिक मजदुर संघ काभ्रेपलाञ्चोक चौथो जिल्ला भेलाले दाहालको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
 
दाहालको नेतृत्वमा गठित औधोगिक मजदुर काभ्रेको उपाध्यक्ष गिता खुलाल, सचिव आश्मा अधिकारी, कोषाध्यक्ष सबिना थापा रहेका छन् ।
यस्तै सदस्यहरु जगेश्वर यादव, सीता खुलाल, सरिता कार्की, जिना थिङ, रबिन्द्र थापा, नवीन चौधरी, ललिता थापा रहेका छन् । भने, औधोगिक मजदुर काभ्रेपलान्चोकको इन्चार्ज राजन अधिकारीलाई चयन गरिएको छ ।
 
महासंघ बागमती प्रदेश अध्यक्ष पिताम्बर गिरीको प्रमुख आतिथ्य रहेको उक्त भेलामा औधोगिक मजदुर संघ बागमती प्रदेश अध्यक्ष होम बा खड्का, महासंघ काभ्रेका इन्चार्ज/अध्यक्ष होम खुलाल लगायतको आतिथ्यता रहेको थियो ।
 
मधु दाहलको सभापतित्वमा भएको उक्त भेलाको सञ्चालक राजन अधिकारीले गरेका थिए ।
  •  
  •  
  •  
  •  
  •