सन्दर्भ ८ मार्च : श्रमिक महिला आन्दोलनको ऐतिहासिक पृष्ठभूमि

जय कार्की/ काठमाडौं । महिला कामदार दिवस अर्थात् मार्च ८ को विषयमा कुरा उठाउनु अघि समाजवादी महिला नेतृ क्लारा जेट्किनलाई सबैभन्दा उच्च स्थानमा राखेर हेरिनुपर्दछ । यदि कसैले उहाँको स्मरण नगरी वा जेट्किनले श्रमिक महिला तथा समाजवादी आन्दोलनमा पु-याएको देनलाई नजरअन्दाज गर्दछ भने उसले मार्च ८ को महान् अभियानलाई र समतामुलक समाजको निर्माण र लिङ्गीय विभेदको अन्त्यको आन्दोलन र आमूल परिवर्तनकारी समाजवादी क्रान्तिको बाटोलाई बुझेको छैन् भन्ने कुरा स्पष्ट हुन्छ ।

मै हुँ भन्ने विज्ञ र इतिहासकारहरुले पनि श्रमिक महिला आन्दोलनको चर्चा गर्दा यो नाम नलिँदा उनीहरुको भाषण अपूरो नै रहन्छ भन्ने थाहा पाएर नै होला यसो कहीँ न कहीँ जेट्किनको नाम लिने गरेको पाइन्छ ।

आम महिलाको मतदानको अधिकार, महिलाहरुका लागि समाजवादी व्यवस्था अपरिहार्य र श्रमिक महिलाले ट्रेड युनियनमा संगठित हुन पाउने अधिकारको माग गरिन प्रथम महिला नेतृ क्लारा जेटकिनले । जसको नाराले संसारभरि मान्यता पाएको छ । र, अचेल अझ महत्वपूर्ण आन्दोलन साबित भएको छ ।

मलाई एक पुस्तक अलि नबुझिने फोटोकपीको रुपमा मेरो जीवनसंगिनी रेणुजीले लौन यो बुझ्न मन लाग्यो, नेपालीमा भन्दिनु न भनी जिज्ञासा राखेपछि जागिरे समयमा अफिसमै फुर्सदका समयमा कैयन दिन लगाएर सन्दर्भ सामाग्री समेत सङ्कलन गरेर तयार पारिएको उनै नेतृ जेट्किनको बारेमा केही पक्षमाथि प्रकाश पार्न खोजिएको छ । यो केबल एउटा सानो पाटो मात्रै हो । उनलाई यहाँ टे«ड युनियनकर्मीको नजरबाट हेर्ने प्रयास गरिएको छ । पुस्तकमा क्रमशः लेखाई रहेका पाठकहरुलाई बुझ्न सजिलो होस् भन्ने धेयले उपशीर्षक स्तम्भकार स्वयंले सिर्जना गरेको हो ।

उथलपुथलकारी जीवन संघर्ष

समाजवादी नेतृ क्लारा जेट्किन (सन १८५७ –१९३३) अन्तर्राष्ट्रिय मजदुर आन्दोलन तथा कम्युनिष्ट आन्दोलनको एक प्रसिद्ध नेतृ हुनुहुन्थ्यो । जेट्किन पढाईमा पनि अब्बल हुनुहुन्थ्यो । अध्ययनकै क्रममा उहाँ एकजना रसियाली समाजवादी नेता ओसिप जेटकिनको निकट हुन पुग्नुभयो । र, सन् १८८६ देखि समाजवादी बन्नु भएको थियो ।

जर्मनीको फासिस्ट शासक बिस्मार्कले समाजवादीहरुलाई सिध्याउनको लागि समाजवादी विरोधी ऐन लागू गरेपछि ओसिप जेटकिनलाई जर्मनीमा बस्न दिइएन । क्लारा आइजनर जेटकीनले पनि दबाब सहन नसकेपछि अस्ट्रिया हुँदै स्विटजरल्याण्ड र त्यसपछि ओसिप जेट्किन निर्वासन भएको देश फ्रान्सको राजधानी पेरिस पुग्नुभयो र त्यसै अवधिमा पेरिसमा दुईवटा छोरा म्याक्सिम र कोन्स्तान्तिनलाई जन्म दिनुभएको थियो । तर पनि उहाँहरुबीच औपचारिक बिहे भने भएको थिएन ।

श्रीमान ओसिप जेट्किनको सन १८८९ मा टिबीको रोगले ज्यान लिएपछि पेरिसमा सबैभन्दा संकटको दिन झेल्दै भोकभोकै समाजवादी आन्दोलनको प्रचारमा जुटेको पाइन्छ । पढेलेखेको नाताले अखबारहरुमा लेख्ने, समाजवादी सामग्रीहरुको अनुवाद गर्ने तथा घरानिया महिलाहरुलाई टयूसन् पढाउने काम पनि गर्नुहुन्थ्यो । अनि माक्र्सको छोरी लाउरा लाफार्गसित मिलेर समाजवादी आन्दोलनको पक्षमा जुलुस निकाल्ने, समाजवादी प्रचारका सामाग्रीहरु लगायत पर्सियन श्रमिक महिलाहरुलाई समाजवादी बनाउने काममा जुट्नु भएको थियो ।

तर, अचानक एकदिन कोठा भाडा तिर्न नसकेको कारण जिउमा लगाएको कपडा बाहेक सबै गुमाउँदै सडकमा फयाँकिन पुग्नु र पेटभरि खान नपाएकै कारणले टीबी रोगले ग्रस्त हुनु सबैभन्दा बिडम्वनाका दिनहरु पनि भोग्नुपरेको थियो । छोरीको दुःख देख्न नसकेर आमाले पुनः जर्मनीमा उपचार र स्याहार सुसारका लागि र नातिहरुको हेरचाहको लागि बोलाउनु भएको थियो । तर निको हुने बित्तिकै पुनः लाइपजिग सहरमा उहाँ महिला मजदुरहरकाबीच सक्रिय हुनथाल्नु भएको थियो ।

जेटकिनले समकक्षी रोजा लक्जेमबर्ग, फ्रान्ज मेहरिंग तथा कार्ल लिबनेख्तसँग मिलेर बर्नस्टिन तथा अन्य अवसरवादीहरुको विरुद्धमा सक्रिय संघर्ष गर्नुभएको थियो । उहाँले पहिलो विश्वयुद्धको समयमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी नीति अबलम्बन गर्नुभयो भने सन १९१६ मा प्रतिकृयावादीकरण हुँदै गएको र विश्व युद्धको पक्षमा उभिएर अन्धराष्ट्रवादमा पतन हुँदै गइरहेको जर्मन सामाजिक जनवादी पार्टीबाट विद्रोहगरी इन्टरनेशनलरुपमा सामेल हुनुभयो ।

यो समुहलाई छिट्टै नै स्पार्टाकस दल र अझपछि गएर स्पार्टाकस लिग भनी नामाकरण गरिएको थियो । जेट्किन जर्मनीको कम्युनिष्ट पार्टी केपिडी (प्एम्) को संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ कम्युनिष्ट इन्टरनेशनलको तेश्रो महासभामा कमिन्टर्नको कार्यकारिणी समितिको सदस्यमा निर्वाचित हुनुभयो । कमिन्टर्नको अन्तर्राष्ट्रिय महिला सेक्रेटारियटको अध्यक्ष हुनुभएको थियो भने सन १९२४ देखि अन्तर्राष्ट्रिय लाल सहायता संगठनको कार्यकारिणी समितिको स्थायी अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

स्मरणरहोस् सन १९०७ मा जर्मनीको स्टुटगार्टमा भएको समाजावादीहरुको सम्मेलनले महिलाहरुलाई मताधिकार दिलाउने पहिलो पटक प्रस्ताव पारित गरेको थियो । स्टुटगार्टमा भएको सातौं समाजवादी सम्मेलन १९०७ को १८–२४ अगस्तसम्म भएको थियो । महासभामा समाजवादी पार्टीहरु तथा ट्रेड यूनियहरुका ८८६ प्रतिनिधिहरु उपस्थित थिए ।

यसरी हेर्दा के देखिन्छ भने, दोश्रो इन्टरनेसनलले महिलालाई मताधिकार दिने विषयमा प्रस्ताव पारित गरिसकेपछि श्रमिक महिला आन्दोलनले सही बाटो लिएको र मताधिकार, समान अधिकार, समान ज्याला तथा श्रम संगठनमा आवद्ध हुनको लागि महिला आन्दोलनले गति लिएको पाइन्छ ।

कसरी सुरुवात भयो श्रमिक महिला दिवस अर्थात् ८ मार्च 

सन १९११ मा अमेरिकामा सुरक्षित कार्यथलोको माग गर्दै निकालेको विरोध जुलुश

यसको प्रारम्भ सन १९१० मा समाजवादी नेतृ क्लारा जेट्किनले कोपेनहेगनमा भइरहेको समाजवादीहरुको दोश्रो इन्टरनेसनलको बैठकमा महिला दिवसलाई मार्च ८ का दिन संसारभरि मनाउनुपर्छ भनी प्रस्ताव राख्नुभएको थियो । र, यो मार्च ८ को प्रस्ताव सम्मेलनमा सर्वसम्मत पारित भएको थियो ।

मार्च ८ को दिनमा नै श्रमिक महिला दिवस मनाउने प्रस्ताव किन ?
सन् १९०८ को मार्च महिनाको ८ तारिखको आइतबारका दिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका गार्मेन्ट कारखानामा गरिरहेका थुपै्र समाजवादी श्रमिक महिलाहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले त्यहाँको प्रसिद्ध चोक रुजर स्क्वायरमा जम्मा भई महिलाहरुलाई मताधिकारको अधिकार दिलाइयोस, गार्मेन्टमा काम गर्ने मजदुरहरुको लागि शक्तिशाली ट्रेड यूनियन गठन गर्न दिइयोस् भनी माग गरेका थिए ।

त्यो प्रदर्शनले समाजवादीहरुको ध्यान आकर्षण ग-यो 
अमेरिकाको न्यूयोर्क सहरमा भएको सन् १९०८ को मार्च ८ को समाजवादी महिलाहरुको विरोध प्रदर्शन र मागले विभिन्न देशका समाजवादी महिलालाई झक्झक्याउने काम ग¥यो । त्यसमध्ये क्लारा जेट्किन पनि एक हुनुहुन्थ्यो । त्यसैकारण अमेरिकी महिलाहरुको जुझारुपनलाई आत्मसात् गर्दै समान अधिकारका लागि सबै महिलाहरुले सबै देशमा आन्दोलन गर्नुपर्छ भन्ने मूल्य र मान्यताका साथ मनाउने निर्णयलाई सम्मेलनले पारित ग¥यो । श्रमिक महिला आन्दोलनमा यस्तै मिल्दाजुल्दा अन्य घटनाक्रमहरु पनि जोडिएको पाइएको छ ।

मार्च ८ सन १९११ देखि संसारभरि मनाउन थालियो
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ सन् १९११ देखि लगातार मनाउन थालिएको हो । तर मागहरु र नाराहरु कतिपय परिवर्तन हुँदै र थपिंदै गयो । प्रथम विश्वयुद्ध र फासिवादको विरुद्धमा मार्च ८को आन्दोलनले निकै ठूलो सफलता पायो । लिङ्गीय विभेदको अन्त्यको अभियानले २१औं शताब्दीमा आइपुग्दा ठूलो फड्को मारिसकेको छ ।

जेट्किन र कोलोन्ताईको अथक प्रयत्नले यूरोप र रुसमा ८ मार्च
सन् १९१७ मा रुसको राजधानी मास्कोको पिटर्सबर्गमा रुसी कामदार महिलाहरुले निकालेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उनीहरुले राजनैतिक परिवर्तनको मागलाई उठाएका थिए । जारशाही राज्यसत्ताको अन्त्य, विश्व युद्धको अन्त्य र शान्ति तथा समाजवाद स्थापनाको माग गरेका थिए । यो जुलुशले रुसमा समाजवाद स्थापनाको ढोका खोलेको थियो ।

रसियाको सामाजिक जनवादी पार्टीकी प्रसिद्ध नेतृ अलेक्जेण्ड्रा कोलोन्ताई

रसियाको सामाजिक जनवादी पार्टीकी प्रसिद्ध नेतृ अलेक्जेण्ड्रा कोलोन्ताई

सन् १९११ मा मार्च ८ का दिन यूरोपका श्रमिक महिलाहरुले काम गर्न पाउने अधिकार, मताधिकार, व्यावसायिक तालिम र असमानता तथा विभेदीकरणको अन्त्यको माँग गर्दै युरोपभरी प्रदर्शन गरेका थिए । सन् १९११ को श्रमिक महिला दिवसको कार्यक्रमको विषयमा रसियाको सामाजिक जनवादी पार्टीकी प्रसिद्ध नेतृ अलेक्जेण्ड्रा कोलोन्ताईले पुरुषहरुलाई मार्च आठका दिन आफ्ना बालबच्चाहरुको स्याहार गरेर घरैमा बस्न र गृहिणीकोरुपमा कैद भएका उनीहरुको श्रीमतीहरुलाई मार्च ८ को सभाहरुमा पठाउन अपिल गरेकी थिइन् । सन १९१७ मा अलेक्जेन्ड्रा कोलोन्ताई र जर्मन समाजवादी नेतृ क्लारा जेट्किन दुबैले युद्धपछिको रसियाको पिटर्सबर्गमा आयोजित पहिलो ८ मार्चको कार्यक्रममा भाग लिनुभएको थियो ।

सोभियत यूनियनकोे सामाजिक सुरक्षामन्त्री समेत रहनुभएकी कोलोन्ताईले लेनिन समक्ष मार्च ८ को दिनलाई आधिकरिकरुपमा नै बिरङ्गगना श्रमिक महिला दिवसकोरुपमा मनाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो । पछि गएर उक्त मार्च ८ को दिनलाई नै संयुक्त राष्ट्रसंघले सन १९७५मा संयुक्त राष्ट्रसंघको महिला अधिकार र सान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

पार्टीभित्र महिलाहरुको भर्तिमा तिब्रता र अनिवार्यता
कार्ल लिबनेख्त र रोजा लक्जमबर्ग
सन १८९५ मा जर्मनीमा सामाजिक जनवादी पार्टीको केन्द्रिय नेतृत्वमा लामो संघर्ष र कानूनी अडचनलाई हटाउँदै क्लारा जेटिकन पहिलो पटक नेतृत्वमा पुग्ने महिला नेतृ हुनुहुन्थ्यो भने सन् १९०६ मा पुरुष साथीसरह अर्थात् अगस्त बेबेल र फ्रान्ज मेहरिङ्गसहित पार्टी शिक्षा विभागमा निर्वाचित हुनुभएको थियो ।

त्यतिखेर पार्टीको शिक्षा गतिविधि सम्बन्धी निरीक्षण र निर्देशन सम्बन्धी जिम्मेवारी परेको थियो ।

जेट्किन कस्ता कस्ता महापुरुषबाट प्रभावित हुनुहुन्थ्यो ?
अगस्त बेबेल : महिला र समाजवाद

अगस्त बेबेल

समाजवादी नेतृ जर्मन समाजवादी नेता अगस्त बेबेलको महिला मुक्ति आन्दोलनको बारेमा लिखित महिला र समाजवाद नामक कृति र कार्यक्रमसित ज्यादै प्रभावित हुनुहुन्थ्यो ।

अगस्त बेबेल जर्मन सामाजिक जनवादी पार्टीको प्रख्यात मजदुर नेता तथा सो पार्टीको संस्थापक सदस्य हुनुहुन्थ्यो । साथै कार्ल माक्र्स र एंगेल्सको अनन्य मित्र पनि हुनुहुन्थ्यो । त्यसैगरी माक्र्सका मित्र तथा जर्मन सामाजिक जनवादी पार्टीका संस्थापक विल्हेल्म लिबनेख्तसित पनि प्रभावित हुनुहुन्थ्यो ।

रुसमा जसरी जतिधेरै लेनिन प्रख्यात हुनुहुन्थ्यो अगस्त बेबेल पनि यूरोपमा त्यत्तिक्कै लोकप्रिय मजदुर नेता हुनुहुन्थ्यो । र, जेटकिन एंगेल्सद्धारा लिखित परिवार, निजि सम्पतिको उत्पति र राज्य विषयक कृति पढेपछि खाँटी माक्र्सवादी बन्नु भएको थियो । यो पुुस्तकको प्रकाशन सन १८८४ मा भएको थियो । एंगेल्सको पुस्तक पढेपछि वुर्जुवा नारीवादी विश्लेषणलाई गलत ठह¥याउँदै पुरुषहरुको जन्मजात शरीरमाथिको विशेषाधिकारको विरुद्धमा उभिन पुगिन । र, कार्ल काउत्सकीलाई ठाडो जवाफ दिइन “जर्मन मजदुरवर्ग महिला आन्दोलनको आधारस्तम्भ माक्र्सवादलाई मान्दछ र अश्लिल नारीवाद प्लेग रोगको रुपमा सन् १८९० को अवधिमा हुर्किरहेको छ त्यसको अन्त्यगर्न चहान्छ ।”

उनको यो सही मूल्यांकनलाई मोस्कुलार नामका नेताले सही हो भनी मन्जुर गर्नुभएको थियो । त्यसपछि उनी जर्मन महिला आन्दोलनको लागि अत्यन्त महत्वपूर्ण राजनैतिक तथा वैचारिक नेतृको रुपमा देखा पर्नुभयो ।

विरोधीहरुसँग संझौताहीन संघर्ष गर्ने बानी
वुर्जुवा नारीवादी सोच भएका विपक्षीहरुले अडान राखेपनि वुर्जुवा नारीवाद एउटा सुरधारवादी आन्दोलन बाहेक केही हैन, तर सर्वहारावादी महिला आन्दोलन भनेको क्रान्ति हो र अझ यो नै महत्वपूर्ण क्रान्तिकारी आन्दोलन हो भनी दृढ अडान लिएकी थिइन् ।

अडानप्रति एंगेल्सको समर्थन रहेको थियो । समानताको लडाईको अर्काे नाम जेटकिन थियो । तर पनि उहाँ वुर्जुवा नारीवादी आन्दोलनबाट धेरै टाढा र प्रतिध्रुवमा उभिनुभएको थियो ।

श्रमिक महिला मुक्ति आन्दोलनको विषयमा जेट्किनको विश्लेषण

जेटकीनको मत थियो “संसारभरिका सर्वहारावर्ग महिलाहरु त्यतिखेरमात्र मुक्त हुन सक्छन, जब समाजवादी व्यवस्था संसारमा स्थापना हुनेछ । एकमात्र त्यस्तो समाजमा वर्तमानमा देखा परेको दमनकारी अर्थतन्त्र र सम्पतिमाथिको सम्बन्ध लोप भएर जानसक्छ, हुनेखाने र खान नपाउने बीचको सामाजिक खाडल तबमात्रै पुर्न सकिन्छ, जब महिला र पुरुषको मानसिक तथा शारीरिक श्रमको महत्वलाई बुझाउनको लागि पूँजीवादलाई फयाक्नै पर्दछ र पूँजी र श्रमबीचको अन्तरद्धन्दलाई मात्र खत्तम गरेर हुँदैन, महिला र पुरुषबीचको कामको भिन्नतालाई पनि अन्त्य गर्नुपर्दछ । तबमात्रै महिलाहरुले आफूलाई एउटा स्वाभिमान व्यक्तित्वको रुपमा विकास गर्न सक्दछन् । अनि बाँच्न र बचाउन सक्तछन । पूर्ण स्वाभिमान र र आत्मासम्मानका साथ कामका आधारमा बाँच्न पाउदछन् । एउटा अन्तिम लडाई पूर्ण मानवीय स्वतन्त्रता प्राप्तिका लागि महिलावर्गका लागि लड्नुपर्दछ त्यतिखेर नारीवादको क्षेत्रमा मात्र हैन पूँजीवादी व्यवस्थाको विरुद्धमा उठाउनु पर्दछ” भन्ने कुरामा उहाँ दृृढ हुनुहुन्थ्यो ।

चेतना अभिबृद्धिमा महिला पत्रिकाको उल्लेखनीय भूमिका 
महिला नेतृ जेट्किन समानता नामको पत्रिकाको सम्पादक मण्डलको प्रमुख हुनुहुन्थ्यो । सो पत्रिकामा उहाँको विशेष जोड देहायका कुरामा रहन्थ्यो ।

(क) उद्योगहरुमा कार्यरत श्रमिक महिलाहरुको हालचालका बारेमा ।

(ख) उनीहरुको कारखाना र काम गर्ने वातावरण र कार्य घण्टाको विषयमा ।

(ग) कारखाना कसरी चलिरहेको छ ? त्यहाँका मजदुरहरुको हालत के छ भन्ने कुरा सरकारले थाहा पाउनुपर्दछ त्यसको लागि कारखाना निरीक्षकको व्यवस्था गरिनुपर्छ ।

(घ) घरेलु महिला श्रमिकहरुको हक अधिकारको विषयमा चासो राखेर सामाग्रीको प्रकाशन गरिन्थ्यो ।

(ङ) पसलमा काम गर्ने सेल्स गर्ल र क्लर्कहरुको अधिकारको बारेमा पनि कलम चलाउनु हुन्थ्यो ।

घरेलु महिलालाई संगठित गर्न बैचारिक सामाग्रीको प्रकाशन 
क्लाराले महिलाहरुलाई संगठनमा आवद्ध गर्न सबै किसिमको उपायहरुको खोजी गरेको र प्रयोग गरेको पाइन्छ ।

पत्रिका मार्फत “हाम्रा महिला दिदी बहिनी र आमाहरुलाई” भनेर बैचारिक तथा शन्देशमुलक सामाग्री प्रकाशन गरेको पाईन्छ । समाजवादी आमा कसरी बन्ने ? घरको काम बाहेक अन्य काममा कसरी हातहाल्ने ? सिलाई, बुनाई, कुन खाना कसरी पकाउने ? बालबच्चा र आमाको स्वास्थ्यको सुरक्षा कसरी गर्ने ? जस्ता विषयमार्फत् महिलाहरुको ध्यान तानेको देखिन्छ ।

बालबच्चाहरुलाई सिकाउनका लागि सामाग्रीहरु पनि त्यसैगरी प्रस्तुत गरेको पाइन्छ जस्तै कि सानैदेखि बच्चाहरुलाई पूँजीवादी प्रणालीप्रति घृणा र श्रमप्रति आस्था र सम्मान गर्न सिकाउन जोड दिनुहुन्थ्यो । आर्थिक तथा राजनैतिक विषयहरु सिकाउनको लागि आफ्नो पत्रिकामार्फत् यूरोपमा नाम चलेका लेखकहरु जस्तै कि गोथे, शिलर, हाइने, बाल्जाक, स्टेनहल, शेली, इब्सन तथा टोल्सटय जस्ता लेखकहरुको लेख रचनाहरुमार्फत् जानकारी पस्किने काम गर्नुहुन्थ्यो भने जर्मन क्रान्तिका पक्षधर अर्थात् देशभित्र चलिरहेका आन्दोलनका पक्षमा कलम चलाउने लेखकहरु जस्तै कि फ्रेलिग्राथ, हरवेघ, उल्याण्ड तथा गुटजोको विषयमा जानकारी प्रस्तुत गरेको पाइन्छ ।

त्यसैगरी थिचिएका, मिचिएका,शोषणमा परेका वर्गको विषयमा कलम चलाउने लेखकहरु जस्तै कि डिकेन्स, जोला, हाउप्टमान, निकोलाई गोगोल तथा माक्सिम गोर्कीको बारेमा जानकारीमुलक लेख रचनाहरु प्रकाशित हुन्थे । जेटकिनको पत्रिका सुरुका वर्षहरुमा ११ हजारप्रति छापिएको थियो र सन १९१४ अर्थात् विश्व युद्धको दौरानमा १ लाख २५ हजार प्रतिसम्म प्रकाशित भएको थियो ।

जेट्किन ट्रेड युनियन आन्दोलनको मैदानमा, आन्दोलनमा नयाँ तरङ्ग

मजदुरको विशाल सभालाई सम्बोधन गर्दै क्लारा जेट्किन

आर्थिकरुपले सबल हुनका लागि महिलाहरुलाई कारखानासम्म पु-याउनु पर्दछ र आर्थिक सुदृढीकरणकासाथै महिलाहरु आत्मानिर्भर हुन्छन् र एकहदसम्म उनीहरु स्वतन्त्र हुन पाउँछन । महिलाहरुले मजदुर आन्दोलनमा अनिवार्यरुपमा भाग लिनैपर्दछ र त्यही स्थानवाट उनीहरुको अधिकारको स्थापना सुरु हुन्छ । महिला मजदुरहरुको भर्ति बिना कुनै पनि हालतमा टे«ड युनियन तथा मजदुर संगठनहरु नफस्टाउने र मजदुर संगठनमा महिला मजदुरहरुले काम नगरिकन आफ्नो हक अधिकार प्राप्त गर्न सक्दैनन् भन्ने जेटकिनको स्पष्ट धारणा थियो ।

जेटकिन स्वयं ट्रेड युनियन आन्दोलनमा ज्यादै सक्रिय हुनुहुन्थ्यो । उहाँ बुक बाइन्डर मजदुर यूनियनको प्रमुख पदमा कार्यरत रहनुभएको थियो भने बुरुस बनाउने मजदुर यूनियनमा पनि सक्रिय हुनुहुन्थ्यो । गार्मेन्ट मजदुर युनियन काष्ठकाला तथा फर्निचर मजदुर यूनियन, पञ्जा बनाउने मजदुर युनियन र जर्मनीको दक्षिणी भागमा रहेका ससाना यूनियनहरु संगठित गर्न पनि त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँले सबैभन्दा लामो समयसम्म (सुचिकार यूनियन) टेलर्स एण्ड सिमस्ट्रेस यूनियनमा काम गर्नुभएको थियो । जेटकिन मजदुर युनियनका लागि लेख रचनाहरु लेख्ने, पर्चा, पोस्टर लेख्ने र वितरण गर्ने, आर्थिक संकलन गरी हडतालमा उत्रिएका मजदुर तथा कामबाट बर्खास्तमा परेका मजदुरहरुलाई सहयोग गर्नुहुन्थ्यो ।

देशभरिका यूनियनलाई मजबुतपार्न तथा देश बाहिर रहेका जर्मन मजदुरहरुलाई मजदुर साथीहरु तथा उनीहरुको परिवारमार्फत् सम्पर्कगरी मजदुर यूनियनमा संलग्न गराउनु हुन्थ्यो भने आफूले जानेको अंग्रेजी, इटालियन र फ्रेन्च भाषाको प्रयोगगरी विदेशमा कार्यरत मजदुर महासंघहरुसित सम्बन्ध र सम्पर्क बढाउने गर्नुहुन्थ्यो र आवश्यक परेको खण्डमा आर्थिक सहयोग पनि गर्नुहुन्थ्यो । मजदुर संगठन, पार्टी तथा पार्टीका स्थानीय निकायमा महिला संगठन विभागको व्यवस्था गरी महिलाहरुलाई ट्रेड यूनियनमा संलग्न र पार्टीकरणगर्ने काम गर्नुभएको थियो । सबै संगठनहरुलाई जगाउँंदै झण्डै ३०० स्थानमा भाषण गर्नुभएको थियो ।

ती सभाहरुमा केही सयदेखि हजारौं श्रमिकहरु भेला हुन्थे । त्यतिबेला उहाँ महिला अधिकार र उद्योगधन्दामा कार्यरत महिला मजदुरहरुको पक्षमा वकालत गर्नुहुन्थ्यो । त्यसैगरी श्रमिक महिलाहरुको दुरुवस्थाको अन्त्यको लागि मजदुर संगठनमाा आवद्ध हुनुपर्ने कुरामा जोड विशेष जोड दिनुहुन्थ्यो । घरायसी कामबाट महिलालाई कारखानामा लैजाने काममा निकै ठूलो मेहनत गर्नुपरेको थियो ।

महिला मजदुरको खान्की सम्बन्धमा विशेष ध्यान केन्द्रित
जर्मनीमा ६ दिनको एकहप्ता हुन्थ्यो र महिला मजदुरहरुले ११ देखि १४ घन्टासम्म काम गर्नु पथ्र्यो । मजदुरको खानाको लागि कालो रोटी र आलुको झोल दिइन्थ्यो कहिले कहीँ अलिकति स्वाद फरक पार्नको लागि बन्दाकोभी मिसाएको हुन्थ्यो । मासु भनेको कुरा कुनै कुनै उत्सव र समारोहमा भन्दा बाहेक पाईंदैनथ्यो । महिला मजदुरहरु कुपोषणका कारणले रक्त अल्पताको रोग लगायत अनेकौं प्रकारको रोग ग्रस्त हुन्थे । यस विषयमा कलम चलाउन उहाँ माहिर हुनुहुन्थ्यो ।

शिक्षामा सुधारात्मक आन्दोलन गर्न विशेष जोड र सफलता हाँसिल 
जेट्किनले सामुदायिक शिक्षा सम्बन्धी सन १९०४ देखि ध्यान दिन थालेको पाइन्छ । त्यतिखेर जर्मनीमा धार्मिक मत अनुसारको फरकफरक स्कुल र विषयहरु समावेश हुन्थ्यो । शिक्षामा भएको क्याथोलिक र प्रोटेस्टेन्ट सम्प्रदायको धार्मिक हस्तक्षेपको अन्त्यगर्न कानूनी लडाईमा जित हाँसिल मात्र गरिनन् प्रारम्भिक कक्षादेखि क्याम्पस तहसम्म निशुल्क पढाई हुनुपर्दछ र यूनिफर्मको व्यवस्था हुनपर्दछ र पुरुष र महिलाको लागि छुट्टाछुट्टै विद्यालयको व्यवस्थालाई खारेजगरी सहशिक्षा प्रणालीको विकासगरी महिला र पुरुषवीचको अनावश्यक र अवैज्ञानिक खाडललाई पुर्नुपर्दछ भन्ने मान्यताका साथ डटिरहनु भयो । शिक्षालाई श्रमप्रति आस्था र महत्व जगाउनेगरी विकास गराउने कामलाई विशेष जोड दिनुभयो ।

महिलाहरुलाई पार्टीकरणमा जोड र संशोधनवाद विरुद्ध खरो साबित
सामाजिक जनवादी पार्टीभित्र महिलाहरुको भर्तिलाई सहजमात्र पारेको हैन, सामाजिक जनवादी पार्टीलाई महिलाहरुको प्यारो पार्टी पनि बनाइन । सन् १९१४ सम्म आईपुग्दा सामाजिक जनवादी पार्टीभित्र एक लाख ७५ हजार महिला सदस्यहरु थिए । हरदम नयाँ नेतृत्वको विकासमा जोड दिइरहिन ।

जेटकिन माक्र्सवादलाई विकृत पार्ने तत्वका विरुद्धमा खरोरुपमा प्रस्तुत भइन । जर्मनीमा त्यतिखेर सुधारवादी नेता बर्न्स्टिनको निकै ठूलो पकड थियो । जेटकिनले “उनी माक्र्सवादको खोल ओढेका नेता हुन । बर्नस्टिन नक्कली माक्र्सवादी हुन, यी मजदुर मुक्तिका लागि आन्दोलनमा होमिएका हैनन्” भन्दै उनका समर्थक र शुभचिन्तक समेतको घोर भण्डाफोर गर्नुभएको थियो ।

रुसी समाजवादी क्रान्तिको पक्षमा उभिनुभयो 

लेनिनको अगुवाईमा सन १९०५ मा रुसमा पहिलो विद्रोह प्रारम्भ भएको थियो तर जर्मन सामाजिक जनवादी पार्टी सो विद्रोहको विपक्षमा रह्यो । जर्मन सामाजिक जनवादी पार्टी रुसमा संचालन भएको सन १९०५ को विद्रोहको विपक्षमा उभिए पनि पार्टीप्रति असहमति जाहेर गर्दै जेटकिनको भने समर्थन र सहयोग रह्यो । जर्मनीको प्रतिक्रियावादी धारमा उभिएको नेता नोस्के गुस्ताभ–जस्लाई लेनिनले सन १९१९मा गएर रक्तपिपासु नोस्के भनेर नामाकरण गर्नु भएको थियो) जेट्कीनले त्यसको कार्ययोजनालाई डटेर विरोध गर्नुभयो । अन्तर्राष्ट्रियतावादप्रतिको दृढता प्रदर्शन गरिरहनुभयो ।

प्रथम विश्वयुद्धको विरोध र महिलाहरुको भेला स्विट्जरल्याण्डमा
साम्राज्यावादीहरुले रचेको प्रथम विश्वयुद्ध अगस्त १९१४ मा शुरु भयो । जेटकिन सैन्यावाद र साम्राज्यवादी युद्धको विरुद्धमा खडा हुनुभयो । जर्मन संसदले युद्ध ऋण उठाउन गरेको मतदानको जोडदार विरोध गर्दै पार्टी अनुशासनको नाममा पहिलो राउण्डमा मतदान गर्ने कार्ल लिबनेख्तलाई समेत साम्राज्यवादीहरुले उक्साएर प्रारम्भ भएको विश्व युद्धको विरुद्धमा र पार्टी अनुसानको नाममा गलत विचारको विरोधगर्दै युद्धको विपक्षमा मतदानगर्न जोडदार निर्देशन गरिन ।

त्यतिमात्र हैन अनुशासनलाई भंग गर्दै स्वीटजरल्याडमा अन्तर्राष्ट्रिय समाजवादी महिला संगठनहरुको भेला बोलाई विश्वयुद्धको विरुद्धमा बेलायत, फ्रान्स, इटाली, पोल्याण्ड, रुस, हल्याण्ड र स्विटजरल्याण्डबाट आएका २८ जना प्रतिनिधि मण्डलले विश्वयुद्धको विरुद्धमा घोषणापत्र जारी गरेका थिए । तर जर्मन सामाजिक जनवादी पार्टीको बहुमत पक्षभने अन्धराष्ट्रवादी नितिको पक्षमा थियो त्यो गुट भनेको नोस्के गुट थियो ।

स्विट्जरल्याण्डमा भएको महिलाहरुको भेलाको घोषणापत्रको मूल अंश
स्विटजरल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय महिला भेलाले विश्व युद्धको विरुद्धमा जारी गरिएको अपिल यद्यपि निकै सान्दर्भिक छ । युद्ध के हो ? किन युुद्ध मच्चाइन्छ र कसलाई फाइदै फाइदा र कसलाई घाटैघाटा हुन्छ भन्ने विषयमा गरिएको विश्लेषणले युद्ध पिपाशु को रहेछ, कस्तो खाले सत्ताधारीहरु युद्धको भोका हुँदा रहेछन भनि पहिचान गर्न कुनै कठिन छैन ।

अपिल यस्तो थियो :
श्रमिक महिला जनहरु !
तपाईको श्रीमान् कहाँ हुनुहुन्छ ?
तपाईको छोरा कहाँ हुनुहुन्छ ?
यसको उत्तर यही हुनेछ ।

तिनीहरु विगत ८ महिनादेखि युद्ध मैदानमा छन् । तिनीहरु लथालिङ्ग अवस्थामा युद्ध मैदानमा छन् । तिनीहरु थुप्रै सामुहिक चिहानमा फेरिएका छन्, लाखौं सैनिकहरु अस्पतालमा भर्ति भएका छन् । काटिएको अंग लिएर अन्धो अवस्थामा । मानसिक सन्तुलन गुमाएको अवस्थमा ।

यो युद्धले कस्लाई फाइदा भयो ?
केबल सानो एउटा अन्धराष्ट्रवादी झुण्डलाई, राइफल बनाउने, तोप बनाउने, टरपेडो जहाज बनाउने, ठूला जहाज कम्पनी मालिकलाई, हतियार बिक्रेतालाई यो युद्ध अपरिहार्य छ किनकि यसमा उनीहरुलाई अकूत नाफा छ । यो युद्धले पूँजीवादीहरुलाई मात्रै फाइदा पु¥याएको छ । श्रमजिवीवर्गलाई यो युद्धबाट घाटैघाटा छ । तर उनीहरु आफ्ना प्यारा थुप्रै आफन्तहरुलाई गुमाउन बाध्य छन् ।

महिलाहरुलाई पार्टीकरणमा जोड र संशोधनवादविरुद्ध खरो साबित 
सामाजिक जनवादी पार्टी्भित्र महिलाहरुको भर्तिलाई सहजमात्र पारेको हैन, सामाजिक जनवादी पार्टीलाई महिलाहरुको प्यारो पार्टी पनि बनाइन । सन् १९१४ सम्म आइपुग्दा सामाजिक जनवादी पार्टीभित्र एक लाख ७५ हजार महिला सदस्यहरु थिए । हरदम नयाँ नेतृत्वको विकासमा जोड दिइरहिन । जेटकिन माक्र्सवादलाई विकृत पार्ने तत्वका विरुद्धमा खरोरुपमा प्रस्तुत भइन । जर्मनीमा त्यतिखेर सुधारवादी नेता बर्नस्टिनको निकै ठूलो पकड थियो । जेटकिनले “उनी माक्र्सवादको खोल ओढेका नेता हुन । बर्नस्टिन नक्कली माक्र्सवादी हुन, यी मजदुर मुक्तिका लागि आन्दोलनमा होमिएका हैनन” भन्दै उनका समर्थक र शुभचिन्तक समेतको घोर भण्डाफोर गर्नुभएको थियो ।

युद्धको विरोध गरेकोमा जेट्किन गिरफ्तार र पत्रिकाबाट समेत निश्कासित 
युद्ध विरोधीका नाममा उनी चार महिनासम्म प्रहरी हिरासतमा परिन । समानता नामक पत्रिकाबाट महिलाहरुले जेटकिनको सम्पादन मन नपराएको बाहानामा सामाजिक जनवादी पार्टीद्धारा बर्खास्तमा पर्नुभयो । तर पार्टीलाई युद्ध विरोधी गतिविधिमा सक्रिय भूमिका खेलेको कुरा मनपरेको थिएन । खास बर्खास्त गर्नुको कारण चाहिँ त्यही थियो ।

मित्रहरुको हत्यापछि एक्लो परिन महिला नेतृ
जर्मनीमा विश्वयुद्धको विरुद्धमा उत्रिएका चर्चित नेता हुनुहुन्थ्यो कार्ल लिबनेख्त र रोजा लग्जेमबर्ग उहाँहरु दुबैको रक्तपिपासु नोस्के गुटले हत्या गरेपछि र फ्रान्ज मेहरिङ्गको मृत्युपछि उहाँ जमर्न क.पा.को एक्लो नेतृ तथा पार्टीको शिखर नेतृ हुनुभयो । उहाँ सन् १९१९ देखि सन १९२७ सम्म केपिडीको केन्द्रिय नेतृत्वमा रहनुभयो भने केपिडीको तर्फबाट राइखस्टागमा प्रथम सेशनदेखि अन्तिम सेशन अर्थात् फासिस्ट हिटलरले कब्जा गर्नुअघिसम्म भाइमार गणतन्त्रमा रहनुभयो ।

कम्युनिष्ट इन्टरनेस्नलको सचिवमा चयन
सन् १९२० मा कम्युनिष्ट इन्टरनेशनलले जेटकिनलाई पश्चिम युरोपको सचिवालयको लागि सचिवमा चयन ग¥यो । त्यसैबेला अन्तर्राष्ट्रिय समाजवादी महिला आन्दोलनको सचिवमा पनि चुनिनुभयो ।

समाजवादी सोभियत संघमा बसोबास
जर्मन महिला नेतृ जेटकिन राजनैतिक जीवनको पछिल्लो कालखण्डमा कार्य व्यस्तता र स्वाथ्यको कारणले सोभियत संघमा नै बस्न थाल्नुभयो । त्यो बेलामा उहाँको भेट लेनिनसित बारम्बार भैरहन्थ्यो । लेनिनसित उनी ज्यादै प्रभावित थिइन । खासगरी महिला सवालको बारेमा लेनिनको दृष्टिकोण बारेमा । लेनिन भन्नुहुन्थ्यो महिला पनि कम्युनिष्ट पार्टीको सदस्य हो, जति एउटा पुरुष साथीको पार्टीमा अधिकार र कर्तव्यको हिसाबले महिला सदस्यको पनि बराबरी हैसियत हुन्छ । तर पनि जेटकिनको जोड थियो पार्टीभित्र महिलाहरुलाई काम गर्ने संयन्त्र राम्ररी बनाउन आवश्यक छ भनी विहंगम छलफल हुन्थ्यो लेनिनसित ।

जातिवाद र रंगभेद विरोधी मोर्चामा
जेटकिनले जातिवाद, रंगभेदवाद र युद्धको विरुद्धमा संघर्ष गर्नको लागि रक्तिम सहयता संगठन (रेड एड अर्गनाइजेसन) खोल्नु भएको थियो । यसले संसारको कुनै पनि कुनामा घट्ने जातिवादी युद्धको विपक्षमा र अन्यायमा परेका जातिहरुको पक्षमा वकालत गरी न्याय दिलाउने काम गर्दथ्यो । यसका अतिरिक्त अन्तर्राष्ट्रिय आकस्मिक कोष मार्फत पनि संसारभरिका जोखिममा परेका मजदुरहरुलाई उद्धारगर्ने काम पनि गर्नुभएको थियो ।

बुढेसकालमा जेटकिन : नाजीवादको अन्त्य गर्न श्रमिक महिला, मजदुरलाई संयुक्त मोर्चा बनाएर लड्न अपिल

क्लारा जेटकिन आफ्ना दुई सहयोगीका साथ बीचमा

जेटकिन बुढेसकाल लागिसकेपछि आँखा नदेख्ने, बिरामी र नाजीहरुको धम्कीको बाबजुद पनि सन् १९३२ को गृष्ममा मातृभूमि जर्मनीमा फर्किनुभयो । र, जेटकिनको लागि त्यो जर्मनीको लागि अन्तिम सार्वजनिक जीवन थियो । राइखस्टागको उद्घाटन समारोहमा सबैभन्दा बृद्ध सांसदको हैसियतले समारोहको उद्घाटनको लागि जानुभएको थियो । ३० अगस्त १९३२ मा नाटकीय ढंगले अचानकरुपमा लुकेको स्थानबाट आएर झण्डै एक घण्टा लामो भाषणमार्फत् नाजीवादको अन्त्यको लागि श्रमिक महिला तथा मजदुरलाई अपिल गर्नुभएको थियो । संयुक्त मोर्चा बनाएर लड्न जोड दिनुभयो फासिस्टको अन्त्य गर्न संगठनहरुलाई अपिल गर्नुभयो ।

सधैंका लागि मातृभूमि जर्मनी परित्याग
फासिष्टवादी हिटलरले जर्मनीको सत्ता सन् १९३३ को जनवरीमा कब्जा गरेपछि जेटकिनले सधैंको लागि जर्मनीलाई परित्याग गर्दै श्रमजीवी वर्गको प्यारो भूमि सोभियत संघमा फर्किन । अनि त्यसै वर्षको २२ जुन १९९३ का दिन ७६ वर्षको उमेरमा जेट्किनको निधन मस्को शहरको नजिकै अर्खागेल्स्कोयमा भएको थियो ।

उहाँको शवलाई क्रेम्लिन वालमा भव्य राजकीय तथा राजनयिक सम्मानका साथ समाधिस्थ गरिएको थियो । मृत्यु हुनु अघि उनले एउटा पुस्तक पनि प्रकाशित गर्नुभएको थियो । त्यो पुस्तकको नाम हो त्यष्भिचक ब्नबष्लकत ध्बच (टोइलर्स अगेन्स्ट वार) । सो पुस्तकमा साम्राज्यवादी युद्धले सबैभन्दा बढी प्रताडित श्रमजीवी वर्गलाई पार्दछ । उहाँ भन्नुहुन्छ ‘युद्धको तितो फलले सबैभन्दा बढी प्रभाव मजदुरवर्ग र सामान्यजनलाई पार्दछ, पूँजीवादी मुलुकहरुले सोभियत यूनियनमाथि साम्राज्यवादी हमला गर्ने छन् ।’

बेलायतको एक पत्रिकाले क्लारा जेटकिनको बारेमा गरेको मुल्याङ्कन र विश्लेषण
सन् १९१५ मा बेलायतबाट प्रकाशन भइरहेको पत्रिका श्रमिक महिला मूल्याङ्कन गर्दै यस्तो विश्लेषण गरिएको थियो ।

क. उनी ज्यादै दृढ समाजवादी हुन् ।
ख. उनी मृत्युलाई ग्रहण गर्न सक्छिन तर जनताको अधिकारको विषयमा सम्झौता गर्न तयार हुन्नथिन् ।
ग. उनी युरोपको लागि समाजावदी महिला आन्दोलनको प्रतीक हुन् ।
घ. जेट्किनले महिलालाई ट्रेड यूनियन आन्दोलनमा संगठित गरिन ।
ङ. दबिएका महिलालाई समान अधिकारको लागि जगाइन्, उठाइन् ।
च. महिला मजदुर दिवसको आन्दोलन अर्थात् मार्च ८ को अभियान चलाउनु भयो ।
छ. सैन्यवाद, सुधारवाद, साम्राज्यवाद र प्रथम विश्वयुद्धको विरुद्धमा ठिङ्ग उभिरहिन् ।
ज. महिलासम्बन्धी समाजवादी तथा कम्युनिष्ट धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलिन् ।
झ. दोश्रो र तेश्रो अन्तर्राष्ट्रियको प्रतिनिधित्व गर्नुभयो ।
ञ. जीवनभर श्रमजीवी वर्गको पक्षधर भएर काम गर्नुभयो ।

पछिल्लो समय संसार भरिनै विभिन्न कार्यक्रमहरु गरेर महिला हक अधिकार, घरेलु हिंसाको विरुद्ध, यौनहिंसा, समान प्रतिनिधित्व, नीति निर्माणको तहमा अनिवार्य र समानताको लागि श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

दशवर्षे जनयुद्धमा महिला छापामार

नेपालमा भने दशवर्षे जनयुद्धको जगमा भएको २०६२/०६३ को जनआन्दोलन पछि मात्रै मार्च ८ का दिनमा सरकारी वा सार्वजनिक बिदा दिने चलनको सुरुवात भएको हो ।

नेपालमा नेकपा माओवादीले प्रारम्भ गरेको दशवर्ष लामो जनयुद्धमा महिलाहरुको निकै ठूलो हिस्सा प्रत्यक्ष सहभागिता जनाउको थियो । त्यसैको परिणामस्वरुप नेपालमा अहिले महिलाहरुको हरेक क्षेत्रमा ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको व्यवस्था भएको कुरालाई कसैले नकार्न सक्तैन । नेपाली श्रमिक महिला आन्दोलनको बलियो जग हाल्ने र विकास गर्ने काम भने जनयुद्धले नै गरेको हो भन्न कसैले हिच्किचाउनु पर्दैन ।

महिला मुक्तिको आन्दोलन जारी छ ! समाजवादी क्रान्ति जिन्दावाद !!

सन्दर्भ सामग्री : मूल सामग्री युरोपियन ओम्यान अन द लेफ्ट, YCL- CPGB, लेनिनको ट्रेड यूनियने र पूर्वमे जातीय समस्या ।

स्तम्भकार, अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •