सामाजिक सुरक्षामा नजाने यातायात व्यवसायी, मजदुरको आन्दोलन सामना गर्न तयार हुनु – रामचन्द्र कार्की (भिडियोसहित)

२४ फागुन ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुरर संघका अध्यक्ष रामचन्द्र कार्कीले सामाजिक सुरक्षा कोषमा सूचीकरणमा नजाने यातायात व्यवसायीहरुविरुद्ध आन्दोलनको आधिँबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष कार्कीले यातायात मजदुरको नेतृत्वमा आइसकेपछि हाकाहाकीसँगको संक्षिप्त कुराकानीक्रममा यातायात व्यवसायीहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले सबै यातायात व्यवसायीहरु कम्पनीमा दर्ता भइसकेकाले अब सामाजिक सुरक्षा कोषमा सुचीकृत हुनुपर्ने भन्दै सूचीकृतसँगै यातायात मजदुरहरुलाई पनि सूचीकरण गर्नुपर्नेमा जोड दिए । साथै, सुचीकरणमा नजाने व्यवसायीहरुलाई यातायात मजदुरको आन्दोलन सामना गर्न तयार हुन समेत चेतावनी दिए ।

‘अब तपाईंहरुले छिटोभन्दा छिटो कम्पनीलाई सूचीकृत गराउनुस्, आश्रित मजदुरलाई सुचीकृत गराउनुस्’ कार्कीले भनेका छन्, ‘हाम्रा यी कुराहरुलाई मान्नु भएन, सुन्नु भएन भने बेवास्ता गर्नु भयो भने हामी देश व्यापिरुपमा आन्दोलनको आधिँबेरी सिर्जना गरेर पनि यातायात मजदुरहरुलाई सामाजिक सुरक्षामा कोषमा आवद्ध गराउने छौं ।’

अखिल नेपाल यातायात मजदुरर संघका यातायात मजदुरहरुको सुनौलो भविष्य निर्माण गर्ने दिशा सधैँभरि लागिरहने पनि उनले बताए ।

भिडियो :

  •  
  •  
  •  
  •  
  •