प्रदेश १ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सम्पन्न

२५ फागुन ०७६, बिराटनगर । मार्च ८ अर्थात् ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्रदेश १ मा भव्यताका साथ सम्पन्न भएको छ ।

बिराटनगरमा आइतबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ र सहयोगी संस्था उद्योग संगठन मोरङको संयुक्त आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो ।

प्रदेश १ सरकारको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा उपप्रमुख सरस्वती पोखरेलको विशिष्ट आतिथ्यता भएको उक्त कार्यक्रममा उद्योग संगठन मोरङको अध्यक्ष भीम घिमिरे, अन्तर पार्टी महिला सन्जाल प्रदेश अध्यक्ष बिनिता घिमिरे, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश अध्यक्ष नारायण बाबु कार्की, नेपाल ट्रेड युनियन महसंघ प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश इन्चार्ज भुपाल सापकोटा, समाजवादी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण साथै प्रदेश सभा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अथिति साथै श्रमिक महिला नेतृहरु सीता सापकोटा, सुनिता घिमिरे र निलम ढुङ्गेलले लगायतले मार्च ८ को महत्व र श्रमिक महिलाको हक अधिकार बारे धाराणा राखेका थिए ।

कृषि, सरसफाई, निर्माण, चिया, उद्योग र घरेलु श्रमिक १५ जना महिलालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाई सम्मान गरिएको सो कार्यक्रमको अध्यक्षता सामाजिक विकास राज्यमन्त्री जसमाया विश्वकर्माले गरेकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •