आठ देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने

२६ फागुन ०७६, काठमाडौं । सरकारले आठ देशका नागरिकलाई ‘अन-अराइभल’ भिसा नदिइने जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढी देखिएका चीन, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई सरकारले  ‘अन–अराइभल’ भिसा नदिइने जनाएको हो ।

यसअघि चीन, इरान, दक्षिण कोरिया, जापान, इटलीका नागरिकलाई मात्र ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको सरकारले उक्त भाइरसको संक्रमण बढ्दै गएको भन्दै स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।

अबदेखि यी ८ देशका नागरिकहरु स्थलमार्गबाट नेपाल आउन पाउने छैनन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशमा रहेका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनु पर्नेछ ।

  •  
  •  
  •  
  •  
  •