२७ फागुन ०७६, काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा जीप दुर्घटना हुँदा सख्त घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
सौरपानीको रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बर बोलेरो जीप छहरे खोलामा दुर्घटनामा परेको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।
जिप दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षीया विमला गुरुङ, २० वर्षीया रमा गुरुङ, २३ वर्षीय विनोद गुरुङ र ३३ वर्षीय श्रीमान् गुरुङलाई थप उपचारका लागि माउन्टेन एयरको हेलिकप्टरमार्फत ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अन्य, ७ जनाको थप उपचारका लागि गोरखा अस्पताल लगिएको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
भिरालो बाटोमा बेक्र फेल भएर जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।