बैंकिङ कसुरमा फरार भेटवालद्वारा आत्मसमर्पण

२७ फागुन ०७६, काठमाडौं । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

बैंकिङ कसुरमा फरार रहेका भेटवालले नयाँदिल्लीबाट काठमाडौं फर्केलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा पुगेर मंगलबार आत्मसमर्पण गरेको डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।

७५ लाख १० हजार रुपैयाँ बराबरको बैंकिङ ठगी कसुरमा भेटवालविरुद्ध पाटन उच्च अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो । तर, उनी लामो समयदेखि भारतको विभिन्न ठाउँमा लुक्दै आएका थिए ।

भेटवाल पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरका मुख्य ठेकेदारसमेत हुन् । उनका नाममा रहेका अधिकांश कम्पनी कालोसूचीमा रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •