कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ

२९ फागुन ०७६, काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बा र लेखापरीक्षक पाँच हजार घुससहित पक्राउ परेका छन् ।

कम्पनी कार्यालयमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई उक्त रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए वापत् लिएको उक्त रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट  पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •