नेकपाद्वारा बम बिस्फोट घटनाको भत्र्सना

२८ फागुन ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा गराइएको बम बिस्फोट घटनाको भत्र्सना गरेका छन् ।

अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरी घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बुधबार विहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो ।

विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खाल भत्किएका छन् भने छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

  •  
  •  
  •  
  •  
  •