२८ फागुन ०७६, काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।
७६ वर्षीय शेर्माको बुधबार ललितपुरस्थित निदान अस्पतालमा निधन भएको हो । शेर्माको लामो समयदेखि मिर्गौलाको उपचाररत थिए ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा वि.सं. २००० असोज १२ मा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए ।
उनले नेपाली कांग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व सम्हाल्नुका साथै २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।