पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विष्फोट

२८ फागुन ०७६, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, बुधबार बिहान ७ः४५ बजे मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरको कम्पाउन्डमा बम विष्फोट भएको हो ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पु¥याएको छ ।
बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •