नापी अधिकृतसहित ५ जना १७ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ

रुपन्देही । अख्तियारले नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ जनालाई १७ लाख घुस रकम लिँदा लिँदै पक्राउ गरेको छ ।

अख्तियार बुटवल कार्यालयकाअनुसार पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल रहेका छन् ।

सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै उक्त रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई भैरहवाबाट पक्राउ गरेको हो ।

अख्तियारले पक्राउ परेकाहरुको थप अनुसन्धान गरिरहेको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •