प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भए

 

३० फागुन ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणको दशौं दिनमा डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार साँझ ६:३० बजे डिस्चार्ज भएका हुन् ।

गत हप्ताको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीकाेे दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएकाे थियोे ।

उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले एउटा मिर्गौला दान गरेकी थिइन् । संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन् ।

 

  •  
  •  
  •  
  •  
  •