प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै विभिन्न भेटघाट र कायक्रममा सहभागी !

२ चैत्र ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएसँगै विभिन्न भेटघाट र कायक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीलाई मृर्गौला प्रत्यारोपणपछि डिस्चार्ज हुँदा चिकित्सकहरुले तीन महिना अवधि संक्रमणको उच्च जोखिम हुने भन्दै भटघाट नगर्न सुझाए पनि आफन्त, निजी सचिवालय, पार्टीका शीर्षस्त नेता तथा सचिवालय सदस्यहरुसँग भेटघाटमा सहभागी भए ।

 

डिस्चार्ज भएको तेस्रो दिन आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा फलोअपमा पुगेका प्रधानमन्त्री दिउँसो बालुवाटारबाट सिंहदरबार पुगेर कोरोना (कोभिड १९) सम्बन्धी सार्क राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा पनि सहभागी भए ।

प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सककाअनुसार प्रधानमन्त्री कन्फ्रेन्समा बोल्न सक्ने गरी पूर्णस्वस्थ भइसकेको छैन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कन्फ्रेन्सलाई प्रधानमन्त्रीले बढी महत्व दिएर दृढ इच्छाशक्तिका साथ कन्फ्रेन्समा सहभागी हुने निर्णय गर्नुभएको साथै चिकित्सकहरुले पनि अनुमति दिएको बताए ।

  •  
  •  
  •  
  •  
  •