गण्डकी प्रदेशमा भूकम्पको धक्का महशुस

३ चैत्र ०७६, कास्की । गण्डकी प्रदेशमा भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राती ८ः४५ बजे कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक स्याउलीबजार केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

गण्डकी प्रदेशका अधिकांश स्थानमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पको धक्कापछि मानिस घरघरबाट बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का महशुस भए पनि कुनै भौतिक क्षति भने भएको छैन्

  •  
  •  
  •  
  •  
  •