कोरोना संक्रमित देशलाई ट्रान्जिट बनाएर आउनेलाई समेत नेपाल प्रवेशमा रोक

६ चैत ०७६, काठमाडौं । नेपाल सरकारले ६६ देशका नागरिक र कोरोना संक्रमित देश भएर आउने जुनकुनै मुलुकका नागरिकलाई  प्रवेशमा रोक लगाएको छ ।

भोलि शुक्रबार मध्यरातदेखि लागू हुने गरी सरकारले यूरोप, पश्चिम एसिया, गल्फसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापान लगायत ६६ देश र प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर आउने जो कोहीलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ । प्रधिकरणका अनुसार पश्चिम एसिया, गल्फका साथै इरान, मलेसिया, जापान र कोरियाबाट पनि आउन पाइने छैन् ।

प्रतिबन्ध लागेका यूरोपियन देशहरुमा रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रीस, पोर्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया, सर्विया, स्वीटजरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्याण्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सी रहेको छ ।

यस्तै प्रतिबन्ध लागेका पश्चिम एसिया र गल्फ देशहरुमा टर्की, इराक, साउदी अरेविया, यमन, सिरिया, अजरवैजान, यूएई, इजरायल, जोर्डन, लेवनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मे्निया, कतार, बहराइन, साइप्रस, साउदी अरेविया रहेको छ ।

यसैगरी इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट समेत नेपाल आउन प्रतिबन्ध लागेको छ ।

  •  
  •  
  •  
  •  
  •