निभर्या बलात्कारका चार जना अभियुक्तलाई मृत्युदण्ड

एजेन्सी । भारतमा निभर्या बलात्कारका चार जना अभियुक्तलाई मृत्युदण्ड दिइएको छ ।

समाचार एजेन्सीका अनुसार सन् २०१२ मा भएको सामूहिक बलात्कारका चार अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको हो ।

जेल अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको बताएको छ ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारै जनालाई मृत्युदण्ड दिइएको समाचार आएपछि निर्भयाकी आमाले न्यायको जीत बताएकी छिन् ।

सात वर्ष, तीन महिना र चार दिनअघि सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो ।

समाचार एजेन्सीका अनुसार चारैजना अभियुक्तलाई मृत्युदण्ड दिनुअघि नास्ता खान दिइएको थियो ।

  •  
  •  
  •  
  •  
  •