सबै अदालतहररू चैत २२ गतेसम्म बन्द

७ चैत ०७६, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको पूर्ण इजलासको बैठकले सबै अदालतहरु चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सर्वोच्चले काेराेना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु पर्सी आइतबारदेखि २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको हाे ।

यद्यपि, अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने भएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर राखेर संसद समेत स्थगित भइसकेकाे छ ।

  •  
  •  
  •  
  •  
  •