गड्डाचौकीबाट बिहान ६ देखि ११ बजेभित्रै १३ हजार बढी मानिस नेपाल प्रवेश

८ चैत ०७६, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार बिहान ६ देखि ११ बजेभित्रै १३ हजार भन्दा बढी मानिस नेपाल प्रवेश गरेको क्वारेन्टाइनले जनाएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर १३ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएको पुष्टि गर्दै क्वारेन्टाइनले नेपाल आउनेमा केही भारतीय नागरिक समेत रहेको बताएको छ ।

भारतमा कोरानाको संक्रमण बढेसँगै नेपाली नागरिकहरु घर फर्किन थालेका हुन् । शनिबार बिहान भारतबाट नेपाल आउने नागरिकको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्पै भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य नाकाहरूबाट हुने आवागमनलाई बन्द गरेको जनाएको छ ।

यसैगरी गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा उक्त नाकाबाट सवारीसाधनकाे आवागमन तत्काल रोक्ने निर्णय गरेकाे छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णय :
  •  
  •  
  •  
  •  
  •