भारतीय प्रधानमन्त्रीद्वारा कोरोना आपतकालीन कोषमा १० करोड जम्मा गर्ने नेपालको निर्णयको स्वागत

८ चैत ०७६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने निर्णयको स्वागत गरेका छन् ।

नेपालका समकक्षी केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नेपालले कोषमा १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेसँगै मोदीले कृतज्ञता व्यक्त गरेका हुन् ।

सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच यही चैत २ गते सामूहिक भिडियो वार्ता हुँदा कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोष घोषणा गर्दै भारतीय प्रधानमन्त्री मोदीले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको प्रतिबद्धताले सार्क देशहरुको समर्थन र ऐक्यवद्धताले कोभिड १९ विरुद्ध सामूहिक लडाइँ लड्न उर्जा मिलेको बताए ।

  •  
  •  
  •  
  •  
  •