यातायात मजदुरसँगै सडकमा आए कोरोनाविरुद्ध व्यवसायी संगठन

८ चैत ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले माक्स वितरण कार्यक्रममा कोरोना भाइरस संक्रमण हुन्छ् कि भनेर आतंकित बन्नु भन्दा पनि सावधानी अपनाउनु पर्ने बताएका छन् ।

शनिबार अखिल नेपाल यातायात मजदुर संघ र यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा भएको माक्स वितरण कार्यक्रममा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

‘कोरोना भाइरस संक्रमण हुन्छ कि भनेर आतंकित बन्नु भन्दा पनि सावधानी अपनाउनु पर्दछ’ अध्यक्ष कार्कीले भने, ‘उच्चआत्मबल साथ हाम्रो आनीबानी र व्यवहार सुधार गरिएको अवस्थामा कोरोनाबाट संक्रमित हुने छैनौं ।’

यतिबेला संगठनले सचेतना कार्यक्रमका माध्यमबाट कारोनाविरुद्ध निरन्तर अभियान र जनसेवामुलक कार्य गरिरहेको पनि उनले बताए ।

आज यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संघ संगठनहरुको संयुक्त पहलमा विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड १९ बाट बच्न मास्क र सेनिटाइजर निःशुल्क वितरण गरेका थिए ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्की, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको अगुवाइमा भएको उक्त कार्यक्रममा नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, यातायात व्यवस्था विभाग, लोत्से बहुउद्देश्यीय प्रा.लि., नेपाल प्रहरी, ट्राफिक प्रहरीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •